Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पाकिस्तानमा कोरोनाकाे कहर: २९ सय संक्रमित, ४५ जनाको मृत्यु

    पाकिस्तानमा कोरोनाकाे कहर: २९ सय संक्रमित, ४५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 1.8K
    SHARES

    एजेन्सी। पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको जनाएको छ ।

    स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ९०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । त्यस्तै आइतबार भने संक्रमित अवस्थामा रहेका मध्ये १८ जनाको अवस्था गम्भीर रहेको र १७० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पन्जावमा एक हजार १६३ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित सिन्ध प्रान्तमा रहेका छन्, जहाँ ८६४ जना संक्रमित भएका छन् ।



    मन्त्रालयका अनुसार खैबर पख्तुन्ख्वामा ३७२ जना, गिल्गिट बाल्तीस्तानमा २०६ जना, बलुचिस्तानमा १८५ जना, केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा ७८ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १२ जना संक्रमित रहेका छन् । विश्वभरी २०० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म १२ लाखभन्द बढी बिरामी भएका छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार