Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राहत वितरणकाे क्रममा झडप, एक प्रहरीसहित दर्जन बढी घाइते

    राहत वितरणकाे क्रममा झडप, एक प्रहरीसहित दर्जन बढी घाइते

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 4.1K
    SHARES

    प्रतिकारात्मक तस्बिर

    इटहरी । सुनसरीको दुहबीमा दुई समूहबीच झडप भएको छ । राहत वितरणमा अनियमितता गरेको भन्दै दुहवी ९ छातावलीमा दुई पक्षबीच झडप भएकाे हाे। झडपमा परी एक प्रहरीसहित झन्डै एक दर्जन  युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी जवान अनिल यादव घाइते छन् ।



    राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए । सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो ।  वडाले राहत वितरण आइतबारबाट सुरु गरेको थियो । यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए । दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार