Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लक डाउनका बेला स्मार्ट डोकोको होम डेलेभरी सुविधा

    लक डाउनका बेला स्मार्ट डोकोको होम डेलेभरी सुविधा

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । अनलाइन सपिङ गर्दै आएको स्मार्ट डोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने भएको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी स्वास्थ्य संकटका कारण सम्पूर्ण राष्ट्र नै बन्द भएको अवस्थामा स्मार्टडोको एक अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको छ ।

    ‘स्मार्ट डोकोबाट अर्डर गर्नुहोस्, घरमै बस्नुहोस, सुरक्षित रहनुहोस् !’ भन्ने स्लोगन नै बनाई स्मार्ट डोकोले समयको माग अनुसारको नयाँ सेवा सुरु गरेको हो ।



    स्मार्ट डोकोमा सेलपेमार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क पनि दिँदै आएको छ । सरकारले विश्वव्यापी स्वास्थ्यसंकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको अवस्थामा स्मार्ट डोकोले होम डेलेभरी सेवा सुरु गरेको हो ।



    सर्वसाधारणलाई दैनिक उपभोग्य सामान खरिद गर्न असहज भइरहेको अवस्थामा स्मार्ट डोकोको यो कार्यले आम सर्वसाधरणलाई सहज बनाइदिएको छ ।

    अहिले व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडि फायरहरू, एयर प्यूरिफायरहरू र अन्यआवश्यक वस्तुहरू स्मार्ट डोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । स्मार्ट डोकोद्धारा जारी विज्ञप्तिमा हालका लागि काठमाडौं उपत्यका भित्र मात्र डेलेभरी सुविधान दिने जनाइएको छ ।

    वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्ट डोकोले आवश्यक वस्तुहरू बाहेक अरू कुनै पनि सामान बिक्रिवितरण नगर्ने जनाएको छ । ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत www.smartdoko.com लगइन गरेर तथा Android वा IOS बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी सामान अर्डर गर्न सक्ने पनि स्मार्टडोकोद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवामार्फत कारोबार गर्न मिल्नेछ । ग्रहकहरुले स्मार्ट डोकोबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत QR Code Scan गरी भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउने छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार