Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मस्जिदमा सहभागी भएर लुकिछिपी बस्दै आएका १४ नेपाली उत्तरप्रदेशमा पक्राउ

    मस्जिदमा सहभागी भएर लुकिछिपी बस्दै आएका १४ नेपाली उत्तरप्रदेशमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 5.2K
    SHARES

    दिल्ली प्रहरीको खोजीमा रहेका मौलाना मोहम्मसाद र पक्राउ परेका नेपाली नागरिकहरु

    काठमाडौं । भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा  धार्मिक भेलामा सहभागी भएर लुकिछिपी बस्दै आएका १४ नेपालीलाई उत्तरप्रदेशस्थित कुशीनगर प्रहरीले शुक्रबार पक्राउ गरेको छ । स्थानीयले लकडाउनमा खेतमा भागिरहेको देखेपछि प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेका थिए ।

    तबलिगी जमातको कार्यक्रममा भाग लिएर दिल्लीबाट लुकीछिपी उनीहरु नेपाल जान खोजिरहेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई उत्तरप्रदेशकै रामकोला क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई चिकित्सकहरुले स्क्रीनीङ गर्दा कोरोना पोजेटिभ नदेखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।



    तबलिगी जमातले दिल्लीमा गरेको उक्त कार्यक्रममा १४ जना कोरोना संक्रमित थिए । र, उक्त भेलामा जानेहरुमा पनि कोरोना सरेको र जसका कारण भारतभर महामारी फैलिएको भन्दै तबलिगी जमातका प्रमुख मौलाना मोहम्मद साद कंधालवीको भारतीय प्रहरीले ब्यापक खोजी गरिरहेको छ । दिल्ली प्रहरीले कानुनविपरीत भेला गरेको भन्दै मौलाना मोहम्मद साद विरुद्ध बुधबार अदालतमा मुद्दा दायर गरेको छ ।



    उत्तर प्रदेश कुशीनगरमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका १४ नेपाली मुस्लिमहरुमा सिरहाका मोहम्मद जखीर अंसारी, मोहम्मद अलाउद्दीन, मोहम्मद अहमद हुसैन, मोहम्मद रहमतुल्लाह खां, नेयमुल्लाह खां, जासीम, इब्राहिम, अख्तर, इदरीश, इसराफिल, हमजा, फरमुद, नाजिर तथा मोहम्मद आरिफ अंसारी लगायत छन् । भारतीय न्युज १८ अनलाइन पोर्टल का अनुसार तबलिगी जमातको भेलामा नेपालबाट ४१ जना सहभागी थिए ।

    निजामुद्दिन मस्जिदमा भएको धार्मिक भेला(मरकज)मा सहभागी भएर फर्किएका नेपाली मुस्लिमलाई अर्को खतराका रुपमा लिइएको छ । निजामुद्दिन भेलामा कोरोना संक्रमितहरु समेत सहभागी भएको कुराले भारत सरकारलाई पनि टाउको दुखाइको बिषय बनेको छ ।

    र, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेला गर्न अनुमति दिएको भनेर उनको ठूलो आलोचना भइरहेको छ । उक्त भेलामा करिब २ हजारको संख्यामा सहभागी भएकाले भारतमा समेत त्यसले नै कोरोना महामारी फैलाएको भन्दै केजरीवालको चर्को आलोचना भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार