Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • इस्लाम धर्म प्रचार गर्ने ९ पाकिस्तानी क्वारेन्टाइनमा

    इस्लाम धर्म प्रचार गर्ने ९ पाकिस्तानी क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 3.8K
    SHARES

    विराटनगर । इस्लाम धर्म प्रचारको नाममा पाकिस्तानबाट नेपाल आएका नौ पाकिस्तानी नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई मोरङको सुनवर्षी नगरपालिका-९ स्थित मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय मोरङका एक अधिकारीले वताए।

    जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन नाम गरेका धर्म प्रचारकलाई मस्जिदको क्वारेन्टाइनमा राखिएको हो। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लकडाउन भएपछि उनीहरू पाकिस्तान फर्कन पाएका छैनन्।



    लकडाउनको अघिल्लो दिन नै उनीहरू सुनवर्षी आइपुगेको स्थानीय अगुवा महताब आलमले बताए। धर्म प्रचारका लागि भारतको आगराबाट आएका १० जना पनि क्वारेन्टाइनमा बसेका छन्।
    फागुन १२ गते नेपाल आएका उनीहरू लकडाउनपछि मस्जिदको क्वारेन्टाइनमा बसेका छन्। भारतबाट आएर मस्जिदमा लुकेर बसेका १२ जना नेपालीलाई प्रहरीले फेला पारेर क्वारेन्टाइनमा पठाएको जनाएको छ। ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार