Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पुर्वन्याधीश सिद्दिकीद्वारा मोदीलाई भारतस्थित नेपालीको संरक्षणको लागि खुल्ला पत्र

    पुर्वन्याधीश सिद्दिकीद्वारा मोदीलाई भारतस्थित नेपालीको संरक्षणको लागि खुल्ला पत्र

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । उच्च अदातलका पुर्वन्याधीश डा. सलाउद्दीन सिद्दिकीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला अनुरोध पत्र लेख्दै कोरोनाको कारण भारतमा लकडाउनमा फसेका नेपालीहरुको संरक्षण गर्न अनुरोध गरेका छन् ।

    उनले नेपाल सरकार र भारत सरकारले गरेको लकडाउनको पुर्ण पालन हुनुपर्ने बताउँदै कष्ठमा रहेको जनताहरु प्रति ध्यान पु¥याउन मोदीलाई आग्रह गरेका छन् । प्रस्तुत छ उनको खुल्ला अनुरोध पत्र ः–



    भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदीजीलाई खुला अनुरोध पत्र



    मान्यवर, नेपाल र भारत दुई विशेष सम्बन्ध भएका छिमेकी देशहरू हुन् । जसका नागरिकहरू एक अर्काको मुलुकमा निर्बाध रुपले व्यापार व्यवसाय गर्छन् । अचानक महामारीको रूपमा देखा परेको कोरोना भाईरस विश्वव्यापी रूपमा गम्भीर समस्या बनेको छ । दुबै देशहरूले पनि यस गम्भीर समस्यालाई समाधान गर्न हर प्रयास गरिरहेका छन् । संक्रमणको प्रकोप रोक्नको लागि दुबै देशहरूले लकडाउन गर्ने उचित निर्णय लिएका छन् ।

    यसको पालना गर्नु हामी सबैको हितमा छ । तर जनतामा व्याप्त डर र दैनिक जीवनयापनको गम्भीर समस्याका कारण सरकारका निर्देशनहरू पालना गर्न गाह्रो भइरहेको छ । नतीजाको रूपमा, मानिसहरू जो जहाँका निवासी हुन् उनीहरू त्यहीँका आफ्नो परिवार जनको मद्दत लिन चाहन्छन् । त्यसैले ऊनीहरु आफ्नो कार्यस्थलबाट आफ्नो घरतर्फ भाग्न खोज्दै छ । जसका कारण सरकारका निर्देशनहरू उल्लंघन भइरहेको छ, जसलाई जनताले गर्न चाहेका छैनन्। तर जनता परिस्थितिको अगाडि बाध्य छ।

    समाचारहरुबाट थाहा हुन्छ कि नेपाली कामदारहरूले विभिन्न राज्य र भारतको सिमानामा कठिन परिस्थितिको सामना गरिरहेका छन् । मलाई आशा छ कि कूटनीतिक नियोग मार्फत समस्या समाधान गर्न नेपाल सरकार तपाईको साथमा छ । तर हामीलाई थाहा छ कि भारतसँगको हाम्रो सम्बन्ध केवल कूटनीतिक मात्र नभएर जनतास्तरमै विशेष सम्बन्ध छ । जसको वर्णन दोहा¥याउँदै तपाईं जहिले पनि उही मार्ग अनुसरण गर्दै आइरहनुभएको छ ।

    सोही जनस्तरको सम्बन्धको नाताले एक नेपाली नागरिक भएकोले म तपाईँलाई भारतमा चिन्ताजनक स्थितिमा कठिन परिस्थितिको सामना गरिरहेका नेपाली नागरिकहरूमाथि ध्यान दिन एउटा नम्र निवदेन गर्दछु । हामी पूर्ण रूपमा महसुस गर्दछौं कि तपाईं धेरै चिन्तित हुनुहुन्छ र आफ्नो नागरिकहरूको रक्षा गर्न प्रयास गर्दै हुनुहुन्छ । हामी तपाईको सफलताको कामना गर्दछौं । म विश्वस्त छु कि तपाइँ र हामी सबैले आउँदो समयमा सफलता हासिल गर्नेछौं । फेरि, तपाईंलाई अनुरोध छ कि तुरुन्तै नेपाली नागरिकहरूको संरक्षणको लागि उचित व्यवस्था गर्नुहोस जो भारतमा करोनाको प्रकोपको कारण गम्भीर कठिनाइहरूको सामना गरिरहेका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार