Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • चोर बाटो हुँदै भारतबाट नेपाल प्रवेश

    चोर बाटो हुँदै भारतबाट नेपाल प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2.3K
    SHARES

    सर्लाही। नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् ।

    मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् । भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै नेपाल प्रवेश गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । यस्तै केही मानिस सीमा क्षेत्रको उखु र गहुँ खेतबाट जिल्ला प्रवेश गरिरहेका पाइएको छ ।



    कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकिछिपी गाउँ आइरहेकाले गर्दा जोखिम बढेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका युवा सतेन्द्र यादवले जानकारी दिए । उनका अनुसार त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टाइनमा नबसेर खुलेयाम हिँडडुल गरिरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार