Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकारकाे निर्णयपछि धनगढी उप-महानगरपालिकाले चाल्याे यस्ताे कदम

    सरकारकाे निर्णयपछि धनगढी उप-महानगरपालिकाले चाल्याे यस्ताे कदम

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2.3K
    SHARES

    धनगढी,चैत २३ । शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने लगायत महत्वपूर्ण पाँच निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवाडाका अनुसार शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख तीन र अन्य दुई निर्णय गरेको हो।

    साेही निर्णयअनुसार धनगढीमा आइतवारदेखि दैनिक उपभोग्य सामाग्रीका पसल पनि बन्द हुने भएका छन्। धनगढी उप–महानगरपालिकाले आइतवारदेखि लागु हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो।



    उप–महानगरपालिकामा जारी विज्ञप्तीमा भनिएको छ, ‘आइतवार बिहानै देखि लागु हुने गरि सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन ब्यापारी मित्रहरुमा अनुरोध गर्दछौं।’



    यस अवधीमा अतिआवश्यक दैनिक उपभोग्य बस्तुको होम डेलिभरी गरि उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायी लगायतका सबैमा आग्रह पनि गरिएको छ।

    यो निर्णयको कार्यान्वयनमा सहयोग पु¥याईदिनहुन स्थानीय प्रशासन र प्रहरीसंग अनुरोध पनि गरिएको छ।उपमहानगरपालिकाले बिहिवारमात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार