Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • इटलीमा १५ हजार र स्पेनमा ११ हजारको मृत्यु

    इटलीमा १५ हजार र स्पेनमा ११ हजारको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडाैँ। कोरोनाभाइरसको संक्रमणका कारण इटलीमा अहिलेसम्म सबैभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एकै दिन इटलीमा ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १५ हजार ३ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्। इटलीमा ४ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। इटलीमा अहिलेसम्म ८८ हजार २ सय ७४ संक्रमित पुगेका छन्।

    स्पेनमा एकै दिन ५ सय ४६ जनाले ज्यान गुमाएका छन्। योसँगै हालसम्म स्पेनमा ११ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन्। ५ हजार ५ सय ३७ जना नयाँ संक्रमित थपिएसँगै ७८ हजार ७ सय ७३ संक्रमित पुगेका छन्।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार