Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाले मृत्यु हुनेको संख्या ६२ हजार नाघ्यो

    कोरोनाले मृत्यु हुनेको संख्या ६२ हजार नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडाैँ। कोरोना भाइरस कोभिड-१९ ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाएका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ४१ हजार ७ सय ४२ जना निको भएका छन्।

    यो समाचार तयार पार्दासम्म एकै दिन युकेमा ७ सय ८ जनाले ज्यान गुमाएका छन्। कोरोनाकै कारण युकेमा हालसम्म ४ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन्। युकेमा ३ हजार ७ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै युकेमा ३७ हजार ४ सय ५५ जना संक्रमित भएका छन्।



    अमेरिका पनि एकै दिन ६ सय ९४ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेका छन्। अमेरिकामा २ लाख ७५sf हजार २ सय ३४ जना संक्रमित पुगो छन्। अमेरिकामा १६ हजार ३ सय ३३ नयाँ संक्रमित थपिएका छन्।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार