Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन बैशाख ३ गते सम्म!

    लकडाउन बैशाख ३ गते सम्म!

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 19.9K
    SHARES

    काठमाडाैँ। शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने, कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने, चिकित्सकको प्रोत्साहनका लागि बिमा, सुरक्षा र प्रोत्साहन भत्ता दिनेलगायत महत्वपूर्ण पाँच निर्णय गरेको छ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवाडाका अनुसार शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख तीन र अन्य दुई निर्णय गरेको हो।
    बैठकपछि कुरा गर्दै प्रवक्ता खतिवडाले लकडाउनको विषयमा थप निर्णय भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गर्ने जानकारी दिए।



    सरकारले चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको समयअवधि थप्ने तयारी गरेको छ। सरकारले यसअघि नै अन्तर्राष्ट्रिय उडानमा भने २०७७ वैशाख ३ गतेसम्म रोक लगाएको छ। नेपालमा एकजनाबाहेक सबै कोरोना संक्रमित विदेशबाट आएका भएकाले सरकारले छिमेकी देशसँगका सीमा नाकामा समेत कडाइ गर्दै आएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार