Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • कोरोना महामारी: विश्वभरमा ८९ नेपाली संक्रमित, तीनको मृत्यु

    कोरोना महामारी: विश्वभरमा ८९ नेपाली संक्रमित, तीनको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल र विभिन्न देशमा रहेका ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर फर्केका छन्।

    ‘हालसम्म नेपालमा ९ र विदेशमा रहेका ८० गरी कूल ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जानकारी हामीले प्राप्त गरेका छौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ, ८ जना उपचारपछि निको भई अस्पतालबाट फर्केका छन् र ७८ जना नेपाल लगायत विभिन्न देशका अस्पतालमा उपचारत छन्।’



    कोरोना भाइरसको महामारी विश्वभरि फैलिएपछि परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली नियोगहरुलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे दैनिक रिपोर्ट मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो।

    निर्देशन वमोजिम नेपाली नियोगहरुले दैनिक मन्त्रालयमा रिपोर्ट पठाउने गरेका छन्। यिनै रिपोर्ट आउने क्रममा विदेशमा हालसम्म ८० जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको थाहा भएको हो। नेपालमा देखिएकामध्ये अधिकांश विदेशबाट आएकाहरु हुन्।

    परराष्ट्र स्रोतका अनुसार सबैभन्दा बढी अमेरिकामा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकामा हालसम्म २० जना नेपालीमा कोरोनाको संक्रमण भएको रिपोर्ट परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ। अमेरिकामा कोरोना संक्रमणका कारण एक नेपालीले ज्यान गुमाइसकेका छन्।

    परराष्ट्रले नेपाली नियोगहरुबाट हालसम्म प्राप्त रिपोर्ट अनुसार भारतमा २ जना, हङकङमा १ जना, जापानमा १ जना, युनाईटेड अरब इमिरेट्स युएईमा ८ जना, कुवेतमा २ जना, मलेसियामा २ जना, स्पेनमा ८ जना, अष्ट्रेलियामा ८ जना, बहराइनमा १२ जना, पोर्चुगलमा ८ र बेलायतमा ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमितमध्ये बेलायतमा २ जना नेपालीको मृत्यु भएको जनाइएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार