Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • क्वारेन्टाइनबाट घर फर्काइएका महिला नै संक्रमित, अरूकाे रिपाेर्ट आउन बाँकी

    क्वारेन्टाइनबाट घर फर्काइएका महिला नै संक्रमित, अरूकाे रिपाेर्ट आउन बाँकी

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 3.8K
    SHARES

    धनगढी । नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको केही दिनपछि आएकाे रिपाेर्टले पाेजेटिभ देखाएपछि अस्पताल भर्ना गरिएकाे छ।

    परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइएको छ । ‘१५ र १६ गते क्वारेन्टाइनमा बसेर घर फर्किनु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने ।



    सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदिश जोशीकाअनुसार त्यसबेला संक्रमित युवकको परिवारका सबै सदस्यको नमुना संकलन गरिएको थियो । र ३४ वर्षीया महिलाबाहेक अरुको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता डा. जोशीले बताए ।

    दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षका पुरुषबाट ती महिलामा कोरोना संक्रमण भएको हाे।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार