Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • संक्रमित युवककी भाउजूमा कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना

    संक्रमित युवककी भाउजूमा कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 1.7K
    SHARES

    कैलाली। धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजुलाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ। उनकी भाउजुमा कोरोना भाईरसका सम्भावित लक्षण देखिएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मार्फत घरबाट ल्याएर आईसोलेसन वार्डमा भर्ना गरिएको हो।

    अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले युवककी भाउजुलाई आईसोलेन वार्डमा राखिएको बताए। जोशीका अनुसार ती महिला सहित संक्रमितका परिवारका सदस्यको रिर्पोट आज आउने सम्भावना छ।



    ३४ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि परिवारका १० जना सदस्यको नमूना संकलन गरिएको थियो।

    उनीहरुलाई तीन दिन धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिएको थियो भने सुरुमा नमूना समेत संकलन नगरी घर पठाईएको थियो। घर पठाएको दोश्रो दिन अस्पतालमा ल्याएर १० जनाको स्वाव संकलन गरिएको थियो।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार