Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • त्रिशूली नदीको किनारमा बलात्कार गर्ने युवा पक्राउ

    त्रिशूली नदीको किनारमा बलात्कार गर्ने युवा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 2.9K
    SHARES

    भाेजपुर । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ ।

    बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।



    आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार