Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रहरी र शिकार खेल्ने समूहबीच गोली हानाहान, १६ राउन्ड गाेली चल्याे

    प्रहरी र शिकार खेल्ने समूहबीच गोली हानाहान, १६ राउन्ड गाेली चल्याे

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 2.7K
    SHARES

    सांकेतिक तस्विर

    विराटनगर। मोरङमा प्रहरी र शिकार खेल्ने समूहबीच गोली हानाहान भएकाे छ। वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुखविशाल घिमिरेले बताए। उनका अनुसार सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँग वनका कर्मचारीबीच आज अपराह्न ३:३० बजे गोली हानाहान भएको हाे।

    जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरी बलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो। घटनामा कोही घाइते नभए पनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ।



    पक्राउ पर्नेमा केराबारी गाउँपालिका-८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन्। शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिए। पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार