Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतमा कोरोनाले ५६ को मृत्यु, दुई हजार बढी सङ्क्रमित

    भारतमा कोरोनाले ५६ को मृत्यु, दुई हजार बढी सङ्क्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ ।

    सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन् भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका र छ जनाको मृत्यु भएको छ ।



    भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ । नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन् ।



    आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८, जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको समाचारमा जनाइएको छ । त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । –एएनआई

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार