Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • सुतिरहेको अवस्थामा २१ वर्षीया युवती बलात्कृत

    सुतिरहेको अवस्थामा २१ वर्षीया युवती बलात्कृत

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौँ । कैलालीमा सुतिरहेको अवस्थामा २१ वर्षीया युवती बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–९ बाट एक युवकलाई पक्राउ समेत गरेको छ । ती युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन राउतलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।

    चैत २० गते (बिहीबार) राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन् ।



    इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टका अनुसार युवतीले जाहेरी दिएसँगै रावतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार