Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • यस्ता शिर्षकमा बजेट खर्च गर्न अर्थ मन्त्रालयले लगायाे रोक

    यस्ता शिर्षकमा बजेट खर्च गर्न अर्थ मन्त्रालयले लगायाे रोक

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौँ । अर्थ मन्त्रालयले १४ शीर्षकको खर्चमा रोक लगाउने निर्णय गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च आवश्यक परेको भन्दै अनुत्पादक भनिएको क्षेत्रको खर्चमा रोक लगाउने निर्णय गरेकाे हाे।

    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आर्थिक गतिविधि प्रभावित बनाएको भन्दै विनियोजन ऐन, २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका केही कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएको हुँदा हाललाई बजेट स्थगित गरिएको हो ।



    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७६ को दफा २१ (१) मा रहेको व्यवस्थाबमोजिम विनियोजित बजेटमध्ये ०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेकोबाहेक बाँकी बजेट तत्काल लागु हुने गरी रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार