काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा र कार्यकारी सदस्य तथा पूर्व एआईजी नवराज ढकालले नेपाल प्रहरीलाई पाँच हजार थान माक्स हस्तान्तरण गरेका छन्।
आइएमस ग्रुपका अध्यक्ष समेत रहेका व्यबसायी मल्होत्रा र पूर्व एआईजी नवराज ढकालले आज प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई उक्त माक्स हस्तान्तरण गरेका हुन।
त्यस्तै, गोदावरी चेम्बर अफ कमर्सले गोदावरी नगरपालिकाको विपत कोषमा खाद्यान्न सहयोग गर्नुका साथै एक टन चामल सहयोग गरेको छ । चेम्बरले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका क्रममा आपूर्ति सह गर्न तथा लकडाउन पीडितलाई सहयोग गर्न दीपक मल्होत्रालगायतको समन्वय समिति बनाएको थियो ।
Leave a Reply