Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी, औषधिसहित सामान पनि चोरियो

    वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी, औषधिसहित सामान पनि चोरियो

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    वीरगन्ज । देशभर जारी लकडाउनका बेला वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेकाे हुन्। अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि चोरेर लगेको छ ।

    रामगढवामा रहेको वडा कार्यालय र स्वास्थ्य चौकीमा बिहीबार राती अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान पनि चोरेर लगेको वडा अध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए । कार्यालयभित्र रहेका २ मध्ये एउटा दराजको ताल्चा तोडेर त्यहाँभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको वडा सचिव घनश्याम कुर्मीले बताए ।



    वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान , सिपियु १ थान , प्रिन्टर १ थान , युपिएस १ थान , पंखा १ थान , हिटर १ थान , राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको वडा सचिव घनश्यामले जानकारी दिए ।

    आगजनी गर्नेहरुले स्वास्थ्य चौकीको कोठाको पनि ताल्चा फुटाएर केहि औषधि लगेको उनले बताए । लकडाउनले समस्यामा परेका विपन्न,गरिवलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न शुक्रबार बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरिएको देखिएको वडा सचिव कुर्मीले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार