Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती

    पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.5K
    SHARES

    नयाँ दिल्ली । पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ। यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७ बर्षको कारावासको सजाय दिइएको छ।

    बाँकी तीन आरोपीलाई भने मुक्त गरिएको छ। तीनै जनालाई पहिले आजीवन कारावासको सजाय सुनाइएको थियो। यी तीन जनाको नाम फहाद नसीम, सलमान साकीब र आदिल हुन्। यता शेखका वकिलले भने,’कि शेख विगत १८ बर्षदेखि जेलमा छ, त्यसैले ७ बर्षको सजाय पुरा भईसक्यो । यसकारण उनको रिहाइको आदेश केही समयमै आउनसक्छ र उनी पनि केही दिनमै रिहा हुनेछन्।’



    पर्लको हत्या पछि शेखले पाकिस्तानी सेनाका अधिकारी ब्रिगेडियर एजाज शाहसमक्ष आत्मसमर्पण गरेका थिए । शाह हाल पाकिस्तान सरकारमा गृहमन्त्री छन्। शेख मन्त्री भएपछि यसप्रकारको फैसला आएको हुनसक्ने अनुमान लगाईदैछ।

    भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तिलक देवेश्वरले बताए कि उमर शेख पक्राउ हुनु अघि ब्रिगेडियर एजाज शाहलाई आत्मसमर्पण गरेका थिए। त्यसकारण शाहले हाल आफु गृहमन्त्री भएको बेला उनको रिहाईको वातावरण बनेको छ ।

    यसअघि पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खानमाथि डेनियल पर्लको हत्यारालाई गृहमन्त्री बनाएको आरोप लगाएका थिए। शाहलाई गृहमन्त्री बनाउँदा बिलावलले इमरान खानलाई भनेका थिए कि तपाईंले अन्तर्राष्ट्रिय समुदायलाई नराम्रो सन्देश दिदै हुनुहुन्छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार