Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना महामारी: मृतकको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी स‌ंक्रमित

    कोरोना महामारी: मृतकको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी स‌ंक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.2K
    SHARES

    एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्म प्राप्त भएको तथ्याङ्कअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार ३० पुगेको छ । त्यस्तै शुक्रबार बिहानसम्म संक्रमितको संख्या पनि १० लाखभन्दा बढी पुगेको छ। विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म करिब १० लाख १३ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये २ लाख १० हजारभन्दा बढी निको भएका छन्। उत्तर कोरियाले भने आफ्नो मुलुकमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गर्दै आएको छ।

    शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६ हजार पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९ सय ११ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ। न्युयोर्क सहरमा मात्रै शुक्रबार बिहानसम्म ४९ हजार ७ सय ७ जना संक्रमित भएका छन् भने एक हजार ५ सय ६७ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै न्युयोर्क सहरमा थप ४ हजारमा संक्रमण देखिएको छ भने १८८ जनाको मृत्यु भएको छ।



    त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय पुगेको छ। त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार