Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतीय प्रधानमन्त्री माेदीको आग्रह: ऐकवद्धताको लागि दीप प्रज्वलन गराैँ

    भारतीय प्रधानमन्त्री माेदीको आग्रह: ऐकवद्धताको लागि दीप प्रज्वलन गराैँ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.6K
    SHARES

    नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताहरुलाई आइतबार अप्रिल ५ को राति ९ बजे देशभर दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । लकडाउनका बेला ऐकवद्धता देखाउन रातको ९ बजे देशभरका जनतालाई आआफ्नो ठाउँबाट मैनबत्ती तथा बत्ती नभएको खण्डमा मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

    लकडाउनका बेला कोही पनि एक्लै नभएको सन्देश प्रवाह गर्न यस्तो आग्रह गरिएको प्रधानमन्त्री मोदीको भनाइ छ । यसरी दीप प्रज्वलन ९ मिनेटसम्म गर्न उनको आग्रह छ । ‘कृपया आइतबार तपाईँको घरको बत्ती निभाउनुस्, घरको बालकोनीमा गएर ९ मिनेटसम्म क्यान्डिल, टर्च वा मोबाइल फ्ल्यास लाइट बाल्नुस्,’ मोदीले भनेका छन् ।



    साथै कसैलाई पनि सडकमा ननिस्कन उनको आग्रह छ । ‘कोरोना भाइरसको चेन तोड्ने एउटै उपाय दूरी कायम गर्नु हो,’ मोदीले भने । कोरोना भाइरसविरुद्ध देशव्यापी अभियानको रुपमा मोदीले शुक्रबार बिहान ९ बजे भिडिओ सन्देश मार्फत यस्तो आग्रह गरेका हुन् । कोही पनि एक्लै महसुश गर्नु नपर्ने पनि उनले बताए । १ सय ३० करोड भारतीय जनताको एकीकृत शक्ति प्रदर्शनको लागि यस्तो आग्रह गरेको मोदीको तर्क छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार