Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन कति कैदीबन्दी भए रिहा?

    लकडाउन कति कैदीबन्दी भए रिहा?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ — सरकारले २ सय ८६ जना कैदीबन्दीलाई रिहा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन देशभर लकडाउन घोषणा भएपछि उनीहरूलाई विभिन्न कारागारबाट धरौटी लिएर रिहा गर्नुका साथै बालबन्दीलाई अदालतको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो ।

    कारागार व्यवस्थापन विभागका अनुसार रिहा हुनेमा १ सय ७४ जना बालबन्दी र १ सय १२ जना एक वर्षभन्दा कम सजाय पाएका कैदी छन् । कैद मिनाहा हुनसक्ने बन्दीको विवरण पेस गर्न गत साता नै गृह मन्त्रालयले विभागलाई निर्देशन दिएको थियो । कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार