Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज (चैत्र २१) शुक्रवारको राशिफल: कस्ताे रहँला तपाइँकाे दिन?

    आज (चैत्र २१) शुक्रवारको राशिफल: कस्ताे रहँला तपाइँकाे दिन?

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च बढ्न सक्छ । मनमा चञ्चलतापनि बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ नयाँ कार्यको योजना बन्नेछ । स्वाद अनुसार खानपनि पाईनेछ । महिला मित्रबाट विशेष सहयोगको अपेक्षा गर्न सकिनेछ ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यप्रति सजक रहनु आवस्यक छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यप्रति सजक रहनु पर्छ । प्रेममा मतभेद बढ्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । बैदेशिक कार्यभने कमजोर रहनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार