Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमामा अलपत्र नेपाली भारतमै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    सीमामा अलपत्र नेपाली भारतमै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्र नेपाल ल्याइने भएको छ ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेसँगै दुवैतर्फ क्वारेन्टाइनमा राख्ने निर्णय भएको हो ।



    सीमामा रहेका नेपाली नागरिकहरु भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन पाउने छन् ।



    धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् ।

    सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले भने–‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार