Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क पाइने

    सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क पाइने

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले नेपालको ई-कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क नि:शुल्क पाउने कम्पनीले जनाएको छ ।

    सेलपेको ग्राहकहरुले सस्तोडिल कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत QR Code Scan गरी भुक्तानी गरेमा १० थान मास्क नि:शुल्क पाउने कम्पनीले दावी गरेको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।



    यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।



    साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क नि:शुल्क उपलब्ध गराउने छ ।

    सेलपेका अन्य विशेषताहरु यस्ता छन् 
    बास्तविक समयमा भुक्तानी
    बिना वालेट कारोबार गर्न सकिने
    सरल एवं सुरक्षित
    लोयल्टी पोइन्टस पाईने

    सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2Bआदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार