काठमाडौं । नेपालमा थप एक जनालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुस्टि भएको छ । ४ चैतमा कतार एयरलाइन्सबाट आएका एक यात्रुलाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
उक्त एयरलाइन्सबाट आएका दुई युवतीमा संक्रमण देखिएको थियो । यो सँगै संक्रमितको संख्या ६ पुगेको छ । तर, नेपालमा आएपछि भने संक्रमण भएको छैन ।
संक्रमित ६ मध्ये एक जनाको उपचार सफल भइसकेको छ । अन्य पाँच जना अस्पतालमा उपचाररत छन् ।
Leave a Reply