Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • इजरायलका स्वास्थ्यमन्त्री दम्पतीलाई कोरोना भाइरस संक्रमण

    इजरायलका स्वास्थ्यमन्त्री दम्पतीलाई कोरोना भाइरस संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.3K
    SHARES

    इजरायल। इजरायलका स्वास्थ्यमन्त्री दम्पतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहेकाे जानकारी दिएकाे छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे ।



    तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेका थिए । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउँथे ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार