Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

    कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनीहरुको दोस्रो रिपोर्ट पोजेटिभ अाएपछि अस्पताल बसाइँ लम्बिएको छ ।

    नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।तर, बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।



    चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुबैको स्वास्थ्य अवस्था भने सामान्य छ ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार