Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण तीन दिनको शिशुमा

    कोरोना संक्रमण तीन दिनको शिशुमा

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी । भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ। अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको शिशुको परिवारको आरोप छ।

    शिशुसँगै २६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। शिशुको जन्म मार्च २६ (चैत्र १३ गते) तारिखमा मुम्बईको चेम्बर अस्पतालमा भएको थियो।परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो।



    आमा र शिशुलाई पहिले स्थानीय कुर्ला भाभा अस्पताल र त्यसपछि कस्तुरबा अस्पताल रिफर गरिएको छ। कस्तुबा अस्पताल मुम्बईको कोरोना भाइरस उपचार केन्द्र बनाइएको छ। विज्ञका अनुसार शिशु जन्मिदा अस्पतालमा कोही संक्रमित भएको हुँदा यिनीहरुमा कोरोना संक्रमण भएको हुनसक्छ। हाल चेम्बर अस्पताल बन्द गरिएको छ। त्यहाँ सरसफाई चलिरहेको बताइएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार