Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना भाइरस : मातहतका प्रहरी कार्यालयमा, आईजीपी टेन्टमा

    टेन्टमा नै कार्यक्रम र भेटघाट गर्न थालेपछि आईजीपीको चर्को आलोचना

    टेन्टमा नै कार्यक्रम र भेटघाट गर्न थालेपछि आईजीपीको चर्को आलोचना

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडौ । कोरोना भाइरस (कोभिड -१९) को संक्रमण नियन्त्रणका लागि मुख्य भूमिका खेल्नु पर्ने नेपाल प्रहरीका आईजीपी सबैभन्दा धेरै डराएको उनकै क्रियाकलापबाट देखिएको छ।

    प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अहिले आफ्नो कार्यकक्ष छोडेर मुख्यालयमा एउटा टेन्ट खडा गरी सोही टेन्टमार्फत कार्यक्रम र भेटघाट गर्न थालेका छन्।





    स्रोतका अनुसार उनले सकेसम्म कसैलाई पनि भेट नगर्ने र भेट गर्नुपरेपनि टाढा राखेर भेट गर्ने र बिभागीय प्रमुखहरुलाई सबै काम गर्न लगाएर बस्ने गरेका छन् । आफ्नै कार्यालयमा सुरक्षित सामग्री राखेर बस्नु पर्ने संगठन प्रमुख अहिले दैैबी बिपत्ती भूकम्प गएजस्तो गरेर कार्यालय नै छोडेर पालमा बसेको भन्दै उच्च प्रहरी अधिकारीहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।

    आईजीपी ज्ञवालीका हरेकजसो भेटघाट र कार्यक्रमहरु पालमा नै बित्ने गरेका छन्। आईजीपी ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएकाहरुलाई मुख्यालयमा खडा गरिएको टेन्टमा नै कार्यक्रम गरी दर्ज्यानी चिन्ह लगाइ दिएका थिए । जसको बारेमा चर्को आलोचना भएको थियो।

    जबकी गृह मन्त्रालयले एआईजीहरुलाई बधाई र निर्देशन दिंदा मन्त्रालयकै कार्यक्षमा आईजीपीसमेतलाई राखेर कार्यक्रम आयोजना गरेको थियो ।

    ‘प्रहरी प्रधान कार्यालयभित्र अत्याधुनिक सुबिधासम्पन्न हलहरु छन्, तर भुकम्प नै गएर भवन भत्केर हल नै नभएजसो गरी एआईजी जस्तो उच्च पदमा बढुवा भएकाहरुलाई टेन्टमा राखेर फुली लगाउनु सोभनिय देखिएको थिएन।’ एक उच्च प्रहरी अधिकारीले भने ।

    त्यस्तै, सनराईज बैंकले ६५ थान पिपिई हस्तान्तरण गर्दा र हिमगिरी हाइजिन प्रालिबाट २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर लिँदा पनि खडा गरिएकै टेन्टमा कार्यक्रम आयोजना गरिएको थियो।

    मातहतका प्रहरी अधिकारीहरुलाई कार्यालयमै बसेर काम गर्न निर्देशन दिने तर आफु भने सुरक्षाको कारण भन्दै मुख्यालयमा खडा गरिएको टेन्टमा नै कार्यक्रम र भेटघाट गर्न थालेपछि आईजीपी ज्ञवालीको चर्को आलोचना भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार