काठमाडौं। महानगरिय प्रहरी परिसर काठमाडौंले लकडाउन उल्लङघन गर्ने ८ सय २३ जना व्यक्तिहरुलाई एकाबिहानै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले आज बिहान ८ बजेसम्म ६६३ जना पुरुष र १६० जना महिलालाई नियन्त्रणमा लिएर होल्डिङ क्षेत्रमा तीन घण्टासम्म राखेको थियो ।उनीहरुलाई प्रहरीले सडकमानै होल्ड गरी छाडेको जनाएको छ।
त्यस्तै प्रहरीले १ सय ४० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।
Leave a Reply