Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • कसकाे आदेशमा ओम्नी समूहसँगकाे सम्झौता रद्द भयाे? खुल्याे यस्ताे रहस्य!

    कसकाे आदेशमा ओम्नी समूहसँगकाे सम्झौता रद्द भयाे? खुल्याे यस्ताे रहस्य!

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घाेटाला भएकाे समाचार बाहिरिएपछि सरकारले टेण्डर रद्द गरेकाे छ। स्वास्थ्य मन्त्रालयले उक्त सामग्रीमा ब्यापक विवाद भएपछि ओम्निटेकसँगको सम्झौता रद्द गरेको थियाे ।

    तर सामान नै खरिद भइसकेकाे टेण्डर कसरी रद्द भयाे याे सबैकाे लागि चासाेकाे विषय बन्न पुगेकाे छ। साेही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको सम्झौता रद्द भएको खुलासा भएको छ ।



    सल्लाहकारहरुले चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताएका थिए । तर, सल्लाहकारको सो घेरा तोड्दै प्रधानमन्त्रीका एक विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्री एक्सनमा उत्रिएको उच्च स्रोतले बताएकाे छ ।

    उच्च स्रोतका अनुसार ओम्नी समूहलाई नियमविपरित चीनबाट सामान ल्याउने जिम्मा दिलाउन प्रधानमन्त्रीका केही सल्लाहकारकै भूमिका रहेको थियो । तर प्रधानमन्त्रीले बालुवाटारमा पुगेका ती विश्वासपात्रबाट यथार्थ जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई तत्काल सम्झौता रद्द गर्न ठाडो आदेश दिएका थिए ।

    प्रधानमन्त्रीको ठाडो आदेशसँगै स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरिएको जानकारी दिएको थियो ।पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताएका थिए । साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठको भनाइ थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार