Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा नाकामा अलपत्र नेपाली नागरिकको चित्कार, किन सुन्दैन सरकार ?

    सीमा नाकामा अलपत्र नेपाली नागरिकको चित्कार, किन सुन्दैन सरकार ?

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एक सातादेखि भारतबाट फर्किएर सीमानाकामा अलपत्र परेका नेपालीलाई स्वदेशभित्र प्रवेश समेत नदिई भोकै अलपत्र पारिएको कुरामा राज्यको ध्यान पुग्न नसक्दा उनीहरू जाेखिम माेलेर नेपाल प्रवेश गर्ने काेशिस गरिरहेका छन् । यहीँ सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिई क्वारेन्टाइनमा राख्नुपर्ने दायित्व पूरा नगर्ने सरकारले सात समुद्र पारीका केही नेपालीको चिन्ता प्रकट गरेर राष्ट्रवादी बन्न खाेजेकाे कतिपयकाे अाराेप छ।



    नदीमा हाम्फालेर नेपालतर्फ आएका खत्रीलाई नांगै बनाइएको दृश्य ।



    कोरोना भाइरसको संक्रमण फैलिएपछि छिमेकी मुलुक भारतका विभिन्न राज्यमा ज्याला मजदुरी गर्न गएका नेपाली दाजुभाइ स्वदेश फर्कनबाट बन्चित भएका छन् । भारतबाट आउने नेपाली सीमानाका बन्द हुँदा अलपत्र परेका छन्, भोकभोकै खुला सडकमा रात बिताउन बिबश छन् ।

    सीमानाका बन्द भएपछि सोमबार बैतडीको डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री र अर्का एक जना नेपाली महाकाली नदी पौडिएर पार गरी नेपाल आएका हुन् । नेपाल प्रवेश गर्ने पुल बन्द हुँदा सीमामा रहेका उनी पौडी खेलेर नेपाल आएका हुन् । भारतीय भूमिमा भोकै मर्नुभन्दा आफ्नै देशको नदीमा डुबेर मर्छु भनेर हाम्फालेर आएकाहरुलाई पनि स्थानीयले नांगेझार बनाएको तस्वीर सार्वजनिक भएको छ ।

    भारतबाट आफ्नो देश फर्कन समेत नपाएर हजारौं नेपाली पूर्वपश्चिम सीमा नाकामा ‘हामी क्वारेन्टाइनमा बस्छौं, स्वदेश फर्कन पाउँ’ भन्दैआएका छन् । तर उनीहरुको चित्कार सरकारले सुन्दैन, उल्टै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा नाकामा अलपत्र नेपालीलाई अहिले फर्काउन नसक्ने जवाफ दिन्छन् ।

    कन्चनपुरको सीमामा अलपत्र नेपाली ।

    भारतमा मजदुरी गर्न गएकाहरु कामबाट पनि निकालिए, बसिरहेको डेरामा बस्न पनि नदिइएपछि आफ्नो देश र घरमै फर्कन लागेका हुन् । चीनको वुहानबाट सरकारले १३ करोड खर्च गरी १ सय ७५ जनाको उद्दार गरेको थियो । तर भारतको सीमाक्षेत्रमा हजारौं अलपत्र हुँदा पनि सरकार सुनेको नसुन्यै गरिरहेको छ । चीनको वुहानमा यो देशका पहुँचवालाका छोराछोरी र आफन्त थिए त्यही भएर सरकारले १३ करोड खर्च गरी विमान नै पठाएर उद्दार गर्यो । तर भारतमा ज्याला मजदुरी गरी फर्किएर सीमामा अलपत्र परेका ती गरिक र दीनदुःखीका त कोही मन्त्री, नेता, उच्चपदस्थ अधिकारी वा पत्रकार आफन्त छैनन्, जसले उनीहरुको चित्कार सरकारको कानसम्म पु¥याइदेओस् ।

    अमेरिका, बेलायत सहित यूरोपका देश र अष्ट्रेलियामा पनि यो देशका सम्भ्रान्त बर्गका आफन्तहरु छन् । नेता, मन्त्री, ब्यूरोक्र्याटस् अर्थात् पहुँचवालाका छोराछोरी छन् । त्यही भएर उनीहरुको पुकार सरकार र राष्ट्रपतिसम्म प्रतिध्वनित भएको छ । त्यही पुकारा सुनेर करोडभन्दा बढी खर्च गरी आज नेपाल वायुसेवा निगमको जहाज अष्ट्रेलिया जाँदैछ । तर ती भारतको सीमानाकामा अलपत्र हजारौं ती गरिबको चित्कार राष्ट्रपति त परको कुरा सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको कानमा पनि सुनिएको छैन ।

    सामाजिक संजाल फेसबुकमा टीआर खतिवडाले लेखेका पनि छन्–‘हाम्रो सरकारलाई अमेरिका, अष्ट्रेलिया, चाइना र युरोपमा भएकाको चिन्ता लाग्यो तर भारतबाट बेरोजगार भएपछि हिंडेर बोर्डरसम्मै आएर रोएका नेपाली जनता र हस्पिटलको बेडमा उपचार नपाएका जनताको आँशु र चित्कार सरकारको आँखा र कानमा पुगेन ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार