Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • मेडिकल सामग्री खरिदमा घाेटाला प्रकरण

    बाबुरामले भने -कमिसन काण्डमा सम्झौता रद्द गरेर चोखिने विधिशास्त्र रहेछ

    बाबुरामले भने -कमिसन काण्डमा सम्झौता रद्द गरेर चोखिने विधिशास्त्र रहेछ

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं। कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घाेटाला भएकाे समाचार बाहिरिएपछि सरकारले आज सप्लाई गर्ने कम्पनी ओम्नी ग्रुपको ओबिसिआईसँगको सम्झौता रद्द गरेकाे छ।

    विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारमा उजुरी हालेका थिए । पौड्यालले घाेटालामा सँलग्न पदाधिकारीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी दिएका थिए।



    खरिद प्रकरणमा भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेपछी स्वास्थ्य मन्त्रालय पछि हटेको हो। यो बिषयमा चौतर्फी बिरोध भइरहेको बेला पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले पनि बिरोध जनाएका छन्। ।

    भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा  कमिसन काण्डमा सम्झौता रद्द गरेर चोखिने विधिशास्त्र अचम्मको भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सेटिङमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्रीरकर्मचारी सम्झौता भंग गरेर चोखिने, सुरक्षाप्रेस खरिदमा अरबौंको कमिसन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने, ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता र न्यायाधीश चोखिने, यही हो कँणहरूको नयाँ विधिशास्त्र?

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार