Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्रीका ‘आईटी विज्ञ’माथि वेबसाइट ह्याक गरी समाचार हटाएको आरोप

    प्रधानमन्त्रीका ‘आईटी विज्ञ’माथि वेबसाइट ह्याक गरी समाचार हटाएको आरोप

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 3.6K
    SHARES

    काठमाडौं। सरकारले मेडिकल सामाग्री खरिदमा अपारदर्शी निर्णय गरेर करोडौ घोटाला गरेको भन्दै समाचार लेख्ने एक अनलाइनबाट समाचारको लिंक नै हटाउने कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार संलग्न रहेको आरोप लागेको छ ।

    प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीको समूहमाथि काठमाडौँबाट सञ्चालित ‘काठमाडौँ प्रेस’ नामक न्युज पोर्टल ‘ह्याक’ गरेको आरोप लागेको छ । अस्गर अली बिबादमा आइरहने व्यक्ति हुन।



    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी आलोचनाको केन्द्रमा छ । सल्लाहाकारहरुको विभिन्न विवादास्पद गतिविधिका कारण पनि प्रधानमन्त्रीको आलोचना आकाशिने गरेको छ ।



    पछिल्लो समय कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि खरिद गरिएको मेडिकल सामग्री खरिदको विषयमा सरकारको चौतर्फी आलोचना मात्रै भएन प्रधानमन्त्रीकै राजनीतिक सल्लाहाकार विष्णु रिमाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पुत्र समेत चर्चामा आए ।

    पोखरेलका पुत्र स्वराज पोखरेल र रिमालका छोरा क्षितिज रिमाल मेडिकल सामग्री खरिदमा समलग्नता रहेको समाचार काठमाडौँ प्रेसले प्रकाशन गरेको थियो ।
    उक्त अनलाइनबाट समाचार मात्रै हटाइएको छैन समाचार प्रकाशन गर्ने अनलाइनमाथि साइबर हमला गरी ‘नखुल्ने’ बनाइएको छ ।
    कसमस विश्वकर्मा प्रधानसम्पादक रहेको काठमाडौँ प्रेसले आफ्नो समाचार पोर्टल अस्गर अली समुहले ह्याक गरेको आरोप लगाएको छ । अलि इसेवा नामक कम्पनिका मालिक हुन् । एफवान सफ्ट इन्टरनेश्नल नामक कम्पनीले आफ्नो भगीनी संस्थाको रुपमा खडा गरेको सिरान टेकनोलोजीले काठमाडौँ प्रेसको वेभ डभलप गरेको थियो । यो कम्पनीमा अस्गर अली, विश्वास ढकाल सुभाष सापकोटा लगायत ५ व्यक्तिको शेयर रहेको जनाइएको छ ।

    काठमाडौं प्रेसले अस्गर अलीसहितको नाम जोडेर समाचार प्रकाशन गरेपछि कम्पनीका अध्यक्ष विश्वास ढकालले समाचार हटाउन तिब्र दबाव दिएका थिए । तर, समाचार नहटाएपछि वेभडेभलपर कम्पनी स्वयंले हटाएको थियो । काठमाडौं प्रेसले हटाएको समाचार पुन: प्रकाशन गरिसकेको छ ।
    अलि र ढकाल मालिक रहेको एफ वान सफ्ट इन्टरनेश्नलको पूर्ण स्वामित्वमा इसेवा फोनपे प्रा.ली नामक कम्पनी रहेको कम्पनी दर्ताको किताबमा देखिन्छ ।अनाधिकृतरुपमा समाचार नै डिलिट गराउने कुरा कदापि स्वीकार्य हुन नसक्ने भन्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रेसले जनाएको छ। काठमाडौँ प्रेसले ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार