Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

    प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैँ । डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । कोरोनाभाइरसको महामारीका कारण अन्तरराष्ट्रिय बजामार कच्चा तेलको मूल्यमा उच्च कमीका कारण नेपालको आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशनले पेट्रोलिम पदार्थको मूल्य घटाएका कारण नेपालमा पनि त्यसै अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

    नयाँ मूल्य सूची अनुसार काठमाडौं उपत्यकामा बिहीबारदेखि पेट्रोल प्रतिलिटर रु. ९६ तथा डिजल र मट्टितेलप्रतिलिटर रु. ८५ मा बिक्री हुने छ । हवाई इन्धनमा पनि आन्तरिकतर्फ प्रतिलिटर रु. १५ घटेको छ जसबाट नयाँ मूल्य रु. ७५ तोकिएको छ भने अन्तराष्ट्रिय उडानतर्फ प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ ।



    १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार