Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संक्रमित युवतीको परिवारका चार सदस्यकाे आयाे यस्ताे रिपाेर्ट

    संक्रमित युवतीको परिवारका चार सदस्यकाे आयाे यस्ताे रिपाेर्ट

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 1.4K
    SHARES

    बागलुङ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको परिवारका चार सदस्यकाे रिपाेर्ट नेगेटिभ आएको छ।

    धौलागिरी अञ्चल अस्पताल बागलुङका अनुसार सोमबार परिवारका ७ सदस्यसहित ११ जनाको नमुना स्वाब पठाइएकोमा परिवारका चार सदस्यको बुधबार नेगेटिभ रिपोर्ट आएको छ। धौलागिरी अञ्चल अस्पताल बागलुङले युवती, उनका परिवार र उनीसँगै यात्रा गरेका १० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो।



    परीक्षणका लागि पठाइएको मध्ये बुवा, हजुरबुबा, मावली तर्फका दाजु र दिदीको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र बि पोखरेलले जानकारी दिए।



    उनका अनुसार, अन्य ६ जनाको स्वाब परीक्षण हुन बाँकी छ। उक्त रिपोर्ट बिहीबारसम्म आउने डा.पोखरेलले बताए। संक्रमित फेला परे सँगै कोरोना (कोभिड-१९) भाइरस को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङमा पछिल्लो समय त्रास बढेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार