Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘र्‍यापिड टेष्ट किट’ प्रकरणमा स्वास्थ्य मन्त्रालयले निकाल्याे यस्ताे विज्ञप्ति

    ‘र्‍यापिड टेष्ट किट’ प्रकरणमा स्वास्थ्य मन्त्रालयले निकाल्याे यस्ताे विज्ञप्ति

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड टेष्ट किटको विषयमा विभिन्न सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले र्यापिड टेष्ट किटको विषयमा ध्यानाकर्षण भएको बताएको हो।

    मन्त्रालयले उक्त किटको गुणस्तर मापन भएपछि मात्र प्रयोग हुने प्रष्ट पारेको छ। ‘सरकारले ल्याएको र्यापिड टेष्ट किटको गुणस्तर निक्यौल गरेपछि मात्रै प्रयोग हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउने बित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो।’ यसको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएकोसमेत मन्त्रालयले प्रष्ट पारेको छ।



    विज्ञप्तिमा अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत् परीक्षण गरेको दाबी मन्त्रालयले गरेको छ। मन्त्रालयले किटमाथि प्रश्न उठेपछि सरकारको अनुमति नलिई प्रयोग नगर्न निर्देशन दिएको भन्दै सञ्चार माध्यमलाई समाचार पुष्टि गरेर मात्र प्रकाशन र प्रशारण गर्न अनुरोधसमेत गरेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार