Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • पाेर्चुगलमा ‘रुम सेयरिङ’ गरी बसेका ८ नेपाली काेराेना संक्रमित

    पाेर्चुगलमा ‘रुम सेयरिङ’ गरी बसेका ८ नेपाली काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.6K
    SHARES

    पोर्चुगल । पोर्चुगलमा ‘रुम सेयरिङ’ गरी बसेका ८ नेपालीमा कोरोना सङ्क्रमण भएको छ । उनीहरू सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएका थिए ।

    उनीहरूमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दासमेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँकाे स्थानीय सञ्चार माध्यमले जनाएका छन्।



    उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

    सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेका छन् । उनीहरूमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा कोरोनाको सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार