Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राहत बाँड्ने क्रममा झडप: केहीकाे टाउँकाे फुट्याे, केहीकाे हात भाँच्चियाे

    राहत बाँड्ने क्रममा झडप: केहीकाे टाउँकाे फुट्याे, केहीकाे हात भाँच्चियाे

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.3K
    SHARES

    वीरगन्ज । वीरगन्जमा राहत बाँड्ने विषयमा बुधबार दुई पक्षबीच झडप भएकाे छ। विरगन्ज महानगरपालिका- १९ बरेवा गाउँमा लकडाउनले समस्यामा परेकाहरुका लागि राहत बाँड्ने विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते भएका हुन्। घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

    घाइतेमध्ये केहीको टाउको फुटेको छ भने कतिपयको हात भाँच्चिएको छ। राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो। समितिले लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा पाएको थियो। बुधबार बिहान बरेवा गाउँमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप हुँदा १९ जना घाइते भएका हुन्।



    समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरुको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए। उपेन्द्रले विरोध गरेपछि दुवै पक्ष एक अर्का माथि हातपात गर्न थालेका हुन्।



    झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३/४ जनालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष सन्तोष तिवारीले बताए। पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले झडपमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। महानगरपालिकाले वडा नम्बर १९ मा राहत सामग्री बाँड्न मंगलबार १ लाख २५ हजार रुपैयाँ पठाएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार