Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाको त्रास : झोलुङ्गे पुलबाट आउजाउ नै बन्द

    कोरोनाको त्रास : झोलुङ्गे पुलबाट आउजाउ नै बन्द

    रासस
  • बुधबार, १९ चैत्र २०७६
  • 1.6K
    SHARES

    कञ्चनपुर । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ र ३ जोड्ने सनवोरा नदीको झोलुङ्गे पुलको आवतजावत बन्द गरिएको छ । स्थानीय बासिन्दाले झोलुङ्गे पुलका दुबैतर्फका प्रवेशमार्गमा अवरोधक राखेर आवतजावत बन्द गरेका छन् ।

    मोटरसाइकल, साइकललगायतका दुईपाङग्रे सवारी साधनदेखि पैदलयात्रीलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ । पुल बन्द गरिएपछि अत्यावश्यक कामका लागि बाह्य क्षेत्रमा जाने व्यक्तिले नदी तरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।



    पुल भएर बाह्य क्षेत्रका व्यक्ति वडाको सडक भएर अन्यत्र जान थालेपछि जोखिमलाई मध्यनगर गर्दै पुल बन्द गरिएको वडा नं ३ का स्थानीयवासी टीकुराम डगौराले बताए ।



    भारतबाट फर्केकाको घरमै पुगेर १४ दिनसम्म घरभन्दा बाहिर ननिस्कनका लागि सचेत गराएको उनको भनाइ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार