Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाकाे आशंका गरिएका सेतीका दुईजना चिकित्सकको रिपोर्ट यस्ताे आयाे

    कोरोनाकाे आशंका गरिएका सेतीका दुईजना चिकित्सकको रिपोर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 3K
    SHARES

    धनगढी । सेती प्रादेशीक अस्पतालमा भेटिएका कोरोनाका बिरामीको स्वाब संकलन गर्ने र उपचारमा खटिनेमध्ये दुईजना चिकित्सककाे रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशीक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, उपचारमा खटिएकामध्ये दुईजना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको थ्रोट स्वाब परीक्षण गरिएको थियो।

    मंगलबार दुईजना चिकित्सकको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको हो । तीनजनाको भने रिपोर्ट आउन बाँकी छ । चैत ११ गते सेती प्रादेशीक अस्पतालमा भर्ना भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका एकजना युवामा कोरोना पोजेटिभ देखिएको थियो ।



    त्यसपछि प्रादेशीक अस्पतालका दुईजना चिकित्सक र उपचारमा खटिएका अन्य तीनजना स्वास्थ्यकर्मीको थ्रोट स्वाब संकलन गरी टेकु पठाइएको थियो।ती युवामा कोरोना भेटिएपछि उपचारमा खटिएका पाँचैजना स्वास्थ्यकर्मी आइसोलेसनमा बसिरहेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार