चितवन । भरतपुर अस्पतालको अध्यक्षमा बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी नियुक्त भएका छन् । लामो समयदेखि अध्यक्ष बिहिन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आजको निर्णय अनुसार ३ बर्षे कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा गरिएको हो ।
यस्तै सदस्यहरूमा रमाकान्त सापकोटा, केशव देवकोटा, रमा घिमिरे लगायतलाई समेत मन्त्रालयले चयन गरेको छ । अस्पतालको अध्यक्ष नियुक्त भएसगैँ डा.अधिकारीले अस्पताललाई मुलुककै नमुना र पहिलो नम्बरको अस्पताल बनाउने बताए । यस्तै आफु कारोना कहरसगैँ अध्यक्षमा नियुक्ती भएकोले कारोनोका सहज उपचार गर्नु नै पहिलो प्रथामिकता हुने समेत उनले बताए ।
Leave a Reply