Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • पार्किङमा राखेको बसमा आगलागी

    पार्किङमा राखेको बसमा आगलागी

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2.8K
    SHARES

    फाइल फोटो

    मलंगवा : सर्लाहीमा रोकिराखेको बसमा मंगलबार आगलागी भएको छ । लालबन्दी नगरपालिका-६ मा लकडाउन पछि रोकिराखेको बसमा मंगलबार आगलागी भएको हाे ।

    स्थानीय पद्म बहादुर कटुवालले लकडाउनपछि एक सातादेखि जनवादी चौकबाट करिब सय मिटर दक्षिण साइड लगाएर राखेको ना ६ ख ७१६९ नं. को बसमा बिहान साँढे १ बजेतिर अचानक आगलागी भएको हो ।



    लालबन्दीबाट नारायणघाट चल्ने भैरहवा ट्राभल्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । आगलगीबाट करिब २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बसमा कसरी आगलागी भएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर झण्डै एक घण्टापछि निभाएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार