Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतमा फैलँदै कोरोना भाइरस, दिल्लीमा मंगलबारमात्रै २५ जना थपिए

    भारतमा फैलँदै कोरोना भाइरस, दिल्लीमा मंगलबारमात्रै २५ जना थपिए

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडौं। विश्वभरी महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा लगातार बढिरहेको छ ।

    सोमबार एकै दिनमा २ सय २७ नयाँ संक्रमित भेटिएको भारतमा संक्रमितको संख्या १३ सय नाघिसकेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट भारतमा ४० जनाको जनाको ज्यान गएको छ र १०२ जना निको भएका पनि छन् ।



    सबैभन्दा धेरै संक्रमित दिल्लीमा देखिएका छन् । दिल्लीमा मंगलबारमात्रै २५ जना नयाँ संक्रमित भेटिएका छन् । दिल्लीमा अहिलेसम्म संक्रमितको संख्या ९७ पुगेको छ ।



    विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या झन्डै ८ लाख छ । भाइरस संक्रमितमध्ये १ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण फैलन नदिन तीन साता लामो लकडाउन घोषणा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार