Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा फैलँदै कोरोना भाइरस, दिल्लीमा मंगलबारमात्रै २५ जना थपिए

काठमाडौं। विश्वभरी महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा लगातार बढिरहेको छ ।

सोमबार एकै दिनमा २ सय २७ नयाँ संक्रमित भेटिएको भारतमा संक्रमितको संख्या १३ सय नाघिसकेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट भारतमा ४० जनाको जनाको ज्यान गएको छ र १०२ जना निको भएका पनि छन् ।

सबैभन्दा धेरै संक्रमित दिल्लीमा देखिएका छन् । दिल्लीमा मंगलबारमात्रै २५ जना नयाँ संक्रमित भेटिएका छन् । दिल्लीमा अहिलेसम्म संक्रमितको संख्या ९७ पुगेको छ ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या झन्डै ८ लाख छ । भाइरस संक्रमितमध्ये १ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण फैलन नदिन तीन साता लामो लकडाउन घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077