Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सिएमसीले भन्यो – सुरक्षा सामाग्री अभाव हुँदा पनि सरकारको निर्देशन अनुसार काम गरेका छौ

    सिएमसीले भन्यो – सुरक्षा सामाग्री अभाव हुँदा पनि सरकारको निर्देशन अनुसार काम गरेका छौ

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2.7K
    SHARES

    चितवन। चितवन मेडिकल कलेज(सिएमसी)ले सरकारको निर्देशन अनुसार फिवर क्लिनिक सञ्चालन गरेको र आइसोलेसन वार्ड पनि तयार गरेको जनाएको छ ।

    सीएमसीले कोरोना भाइरस ( कोभिड-१९ ) को माहामारीको बेला सरकारी र निजी भनेर छुट्याउनु नहुने भन्दै सरकारले अनुरोध गरेमा सीएमसी अस्पताललाई कोरोना संक्रमितको उपचार गराउने अस्पताल बनाउन सक्ने बताएको छ ।



    तर, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्ने सिएमसीको माग छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सिएमसीले भनेको छ – ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र मनोवल उच्च राख्न सरकारले आवश्यक सुरक्षाको सामाग्रीको व्यबस्था मिलाएको खण्डमा सीएमसीलाई खाली गरेर कोरोना विशेष अस्पताल बनाउन सकिन्छ।’



    कोरोना संक्रमितको उपचारका लागि पहिलो ‘डेडिकेटेड’ अस्पताल सरकारी अस्पताल बन्नुपर्ने भन्दै विज्ञप्तिमा ‘मेडिकल कलेजहरुलाई व्याकअपको रुपमा राख्नुपर्छ; भनिएको छ । यद्यपी सरकारबाट मास्क, पीपीईलगायतका अत्यावश्यक सामग्री पनि पाउन नसकेको भन्दै सीएमसीले भनेको छ-‘ती सामग्रीबिना उपचार गर्न कसरी सम्भव हुन्छ ? प्रश्न जटिल बनेको छ ।’

    सिएमसीले आफ्नै स्रोतबाट पनि सुरक्षा सामाग्री मगाएर काम गरिरहेको जनाएको छ।  चितवनको हकमा डेडिकेटेड हस्पिटलको आवश्यकतालाई महसुस गरी  कोरोना विशेष अस्थायी अस्पतालको निर्माणपछि  केही व्यक्तिले उपचार गराइरहेका छन्।

    तर, त्यो प्रयाप्त नभएको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने भन्छन वताउंछन्। उनी भन्छन – ‘अहिले यस्तो भयो उस्तो भयो भनेर भन्ने बेला त होइन  । जे बनेको छ,त्यो राम्रो बनेको छ । कोरोना अस्पताल बनाउन २० बेड त हामीले नै दियौं । सबै मिलेर लड्नुको विकल्प छैन । अब अस्थायी कोरोना अस्पतालले मात्र प्रयाप्त छैन, यदि सरकारलाई चाहिएमा हामी सबै अस्पताल खाली गरेर कोरोना विशेष अस्पताल बनाउन तयार छौं । अरुबाट पनि स्वतःरुपमा यस्ता कुराहरु आउनु पर्‍यो ।’

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार