Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • लकडाउनका कारण चितवनको पोल्ट्री व्यवसायमा ठुलो धक्का

    लकडाउनका कारण चितवनको पोल्ट्री व्यवसायमा ठुलो धक्का

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 4.4K
    SHARES

    चितवन । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले पनि लकडाउन लागू गरिरहेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण देशभरका बजार, पसल तथा सडक सुनसान छन् ।

    लकडाउनका कारण चितवनको पोल्ट्री व्यवसायलाई पनि धक्का पुगेको छ । बजार तथा पसल बन्द रहँदा उत्पादन भएका कुखुरा तथा अण्डाको बजारीकरण तथा वितरण कार्यमा असर परेको हो ।



    त्यस्तै पसलहरु बन्द हुँदा कुखुराका लागि आवश्यक पर्ने दानाको पनि अभाव देखिएको छ । जसकारण कुखुरा तथा चल्लाहरूलाई दैनिक रूपमा आवश्यक पर्ने आहारा पर्याप्त पाइन छाडेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए ।



    बजारका अधिकांश फ्रेस हाउसहरु अहिले बन्द छन् । अण्डा बिक्री गर्ने पसलहरु पनि बन्द छन् । लकडाउनका कारण अण्डाको खपत घटेसँगै त्यसको मूल्यमा पनि गिरावट आएको छ । केसीका अनुसार करिब चार हप्ता अगाडी एक क्रेट अण्डाको न्यूनतम मूल्य २१० रुपैयाँ थियो । लकडाउन पछि कतिपय ठाउँमा कारोबार बन्द भएका कारण कम मूल्यमा बिक्री भइरहेको नेकपा कुखुरा दाना अण्डा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए ।

    मासु तथा अण्डा खाद्यान्नअन्तर्गत पर्ने भएकाले सामाजिक दूरी कायम गरी फ्रेस हाउसहरूलाई समय मिलाएर सञ्चालनका लागि अनुमति दिइनुपर्ने उनको भनाइ थियो । केसीका अनुसार चितवन जिल्लामा मात्रै दैनिक करिब ३० देखि ४२ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

    चिकित्सकहरूले स्वस्थ कुखुराजन्य मासु तथा अण्डालाई राम्रोसँग पकाएर उपभोग गरेका खण्डमा रोग नसर्ने दाबी गर्दै आएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार